११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान



बुटवल । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई उचित सम्मान दिइने बताए । उनले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताए ।
उनले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताइन् ।

नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मेहनतका साथ उपबिजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताए ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिका पराजित भएको थियो । प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५४ बजे

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ