२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान



बुटवल । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई उचित सम्मान दिइने बताए । उनले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताए ।
उनले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताइन् ।

नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मेहनतका साथ उपबिजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताए ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिका पराजित भएको थियो । प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५४ बजे

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल