३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सरकारलाई सफल बनाउनुपर्छ : महासचिव पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताए ।

उनले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताए । नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गरे । “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उनले भने, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ ।”

नेकपा (एमाले)ले लामो समय चौतर्फी घेराबन्दी र आक्रमण सहनुपरे पनि त्यसलाई सफलतापूर्वक सामना गरेको स्मरण गर्दै महासचिव पोखरेलले यति बेला नेकपा (एमाले) नयाँ परिस्थितिबाट अघि बढेको बताए । घेराबन्दीलाई तोड्न सक्दा पार्टीको मिसनलाई सफल बनाउन सकिन्छ भन्ने निष्कर्षमा नेकपा (एमाले) पुगेको उनले बताए ।

बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए । बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : २१ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्