२ पुस २०८२, बुधबार | December 17, 2025

प्रहरी प्रधान कार्यालयभित्रै कोरोना संक्रमण यसरी फैलियो



काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ दिनको अवधिमा) संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ । प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए । ‘संक्रमणको स्रोत के हो र कसरी सर्‍यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

शनिबार मात्रै ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा समेत संक्रमण पुष्टि भएको थियो । ट्राफिक महाशाखामा संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ४२ जना महाशाखाभित्रै क्वोरेन्टिनमा छन् ।

महाशाखा प्रमुख ढकालका अनुसार महाशाखामा पहिलेबाटै क्वारेन्टिनमा बसेका ६१ जनाबाहेक २ सय ८१ जनाको कोरोना परीक्षणको तयारी महाशाखाले गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित देशभर आइतबारसम्म २ सय ५३ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०० बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर