३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

भारतीय हात्तीले आफना मरेका छावालाई गाड्ने गरेको खुलासा : अध्ययन



न्युयोर्क। भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका आफ्ना छावा कसरी गाड्छन् भन्ने पत्ता लगाएका छन् ।

एउटा नयाँ अध्ययन अनुसार उत्तरी बंगालको चिया बगानको एक खाल्डोमा माउ हात्तिले मरेका सन्तानलार्इ गाडेको पत्ता लगाएका हुन् ।

अफ्रिकी हात्तीहरूले पनि मरेका छावाका गाड्ने गरेको यसअघि पत्ता लागे पनि एसियाली हात्तिमा भने त्यो देखिएको थिएन । तर, भारतको पश्चिम बंगालमा एउटा घटनाले त्यसलाइ पुष्टी गरेको सिएनएनले उल्लेख गरेको छ ।

‘तर यो पहिलो पटक हो कि एसियाली हात्तीहरूमा व्यवहार दस्तावेज गरिएको छ,’ अध्ययन लेखक आकाशदीप रोयले भने । उनी इन्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेशन एन्ड रिसर्च (आईआईएसईआर) का अनुसन्धानकर्ता हुन ।

‘चिया बगानजस्ता खेतीयोग्य जमिन, टुक्रा(टुक्रा भएको जङ्गल भएको ठाउँमा दफन गरिएको छ’, रोयले अनुसन्धान पछि भने । हात्तीको बथानले चिया बगानको हुदैँ यात्रा गर्ने क्रममा सो बाटो प्रयोग गरेको देखिएको छ ।

‘विगतमा हात्तीहरू प्रायजसो जङ्गलमा बस्ने गर्दथे तर पछिल्ला दशकहरूमा तिनीहरू मानव बसोबास भएको क्षेत्रमा बढी सहज भएका छन्’, रोयले भने, ‘मानव व्यस्त हुने उच्च सम्भाव्यताका कारण हात्तीहरूले आफ्नो मृतकलाई गाउँमा गाड्दैनन् तर चिया बगानका नालीहरू छावा गाड्नका लागि ‘उत्तम ठाउ’ हुने सक्ने उनीहरूले बुझेको हुनुपर्छ ।’

‘उनीहरूले शवलाई खुट्टा वा सुँडले समात्छन्, यो शवलाई समात्ने एकमात्र तरिका हो’, रोयले भने, सजसले शवलाई खाडलमा राखेर माटोले छोप्नु हात्तीहरूको लागि सबैभन्दा सजिलो तरिका हो ।’, रोयले भने कि उनी र उनका सह-लेखक भारतीय वन सेवाका परवीन कासवान अन्य अनुसन्धान गर्न यस क्षेत्रमा थिए, जब उनीहरूले छावा गाडिएको प्रमाण फेला पारे। रोयले भने, ‘यसबाट हामी छक्क पर्यौं।

‘अन्वेषकहरूले अफ्रिकी हात्तीहरू झैं एसियाली हात्तीहरूले दफन स्थलहरूमा पुनः भ्रमण गर्छन कि गर्दैनन भनेर पनि हेरेका थिए तर पछि यो पत्ता लगाए कि तिनीहरूले यस क्षेत्रलाई बेवास्ता गर्ने रहेछन, मानौं अब त्यो ठाउँ हेर्नै नपरोस भन्ने ठानेको देखियो,’ रोयले भने।

‘भारतीय वन सेवाले त्यहाँवाट छावाको शव हटाए पनि यही अवस्था छ, माउहरू मात्रै होइन, अरू पनि त्यहाँ फर्केर आएनन्,’ रोयले भने, ‘जसले दफन गर्ने विभिन्न बथानका हात्तीहरूले पनि गाडिएको ठाउँ महसुस गर्न सक्छन् भन्ने विश्वास गर्न सकिन्छ ।’

‘उनीहरूलाई धेरै कुरा थाहा छ, जुन हामीलाई थाहा छैन,’ उनले भने। रोयका अनुसार उत्तरी बंगाल र असममा छावा गाड्ने थप घटनाहरू खोजिरहन चाहन्छन्, जहाँ धेरै चिया बगानहरू रहेका छन्।

‘अब टोलीले ड्रोन प्रयोग गर्नेछ, साथै चिया बगानका प्रबन्धकहरू र स्थानीय बासिन्दाहरूलाई कुनै दफन स्थलहरू रिपोर्ट गर्न सोध्नेछ,’ उनले थपे।

तर, न्यूयोर्कको हन्टर कलेजका मनोविज्ञानका सहायक प्राध्यापक जोशुआ प्लोटनिक, जो यस अध्ययनमा संलग्न थिएनन् तर उनी पनि यो विश्वास गर्दैनन । उनी हात्तिले सन्तालाक्ष दफन गरेको कुरामा थप अध्ययन गर्न जरूरी छ ।

‘हात्तीहरूले छावाको शव बोकेको घटनाहरू देखिए पनि मेरो जानकारीमा, मेरा कुनै पनि सहकर्मीहरू, जसले दशकौंसम्म हात्तीका अध्ययन गरेका छन्, ती सबै हात्तीहरूले मरेकाहरूलाई गाडेको देखेका छैनन्,’ हात्ती र अन्य जनावरहरूमा अनुभूति अध्ययन गर्ने प्लोटनिकले भने।

छावा खाडलहरूमा खसे भने उनीहरू बाहिर निस्कन सक्दैनन् र त्यहीँ मर्छन् कि त तिनीहरूको मृत्यु पछि प्राकृतिक रूपमा फोहोरमा परेको वा बथानका अन्य सदस्यहरूले असफल उद्धारको प्रयास गरेको भन्ने धेरै प्रमाणहरू भेटिन्छन् ।

‘उसो हो भने यहाँ महत्त्वपूर्ण कुरा यो हो कि यो कुराका लागि थप प्रमाणहरू आवश्यक छ, त्यसका लागि हात्तीहरूको त्यस्तो व्यवहारको प्रत्यक्ष अवलोकन गर्नु पर्छ, उदाहरणका लागि त्यहाँ के भइरहेको छ रु कसरी पुर्छन भन्ने जानकारी लिनु पर्छ, त्यसपछि मात्रै कुनै निष्कर्ष निकाल्न सकिन्छ,’ प्लोटनिकले भने।

रोयले भने उनको कुरामा सहमति जनाउँदैनन, भन्छन, ‘मरेका छावाको ढाडमा भएको कन्ट्युसनले बथानका अन्य सदस्यहरूले मृतकलाइ दफन गर्न तानेको देखिन्छ ।’

सो अध्ययन फेब्रुअरी २६ मा जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा प्रकाशित भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ५२ बजे

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र