३ आश्विन २०८३, शनिबार | September 19, 2026

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा



चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए । गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ५२ बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत