१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

नेपाल विश्व खुसी सूचाङ्कमा ९३ औँ स्थानमा



काठमाडौं । विश्व खुसी प्रतिवेदनमा नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरुमध्ये खुसी सूचाङ्कमा नेपालले ९३ औँ स्थानमा रहेको हो ।

सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ ।

त्यस्तै फिनल्याण्डपछि प्रमुख डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।

त्यस्तै यस सूचीमा छिमेकी देश चीन ६० औं स्थानमा रहेको छ भने भारत १२६ औं स्थानमा रहेको छ । त्यस्तै यस सूचीको पुछारमा अफगानिस्तान रहेको छ ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र वर्ल्ड ह्यापिनेस रिपोर्टको सम्पादक बोर्डले प्रकाशन गरेका हुन् ।

विषय खुसी प्रतिवेदन आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधेर तयार गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ५१ बजे

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा