१५ माघ २०८२, बिहिबार | January 30, 2026

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ । चैत ६ देखि ९ गते सम्म संचालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो ।

कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको छ । एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवाहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

चार दिन सम्म चलेको एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिएका थिए ।

एन्फाले ५ वर्ष अघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिएका छन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । फुटबलको विकासमा नगरपालिका सधै सकारात्मक भएर अगाडी बढिरहेको बताउँदैं मेयर विष्टले आगामी दिनमा पनि संघसँग सहकार्य गरेर अगाडी बढने बताए ।

पुर्व कप्तान हरी खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दैं प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्ने अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु र सहभागीहरुलाई धन्यवाद दिए । संघले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको उनले जानकारी गराए ।

 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला