२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देहीमा थपियो किरियापुत्री भवन, विद्युतीय ब्यवसायी संघको नवनिर्मित भवनको उदघाटन



बुटवल । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नवनिर्मित भवनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उदघाटन गरे ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाँडले ब्यवसायिक सोचबाट माथि उठेर संघले सामाजिक उत्तरदायित्व अन्तर्गत निमार्ण गरेको भवन उदाहरणीय र सर्वोत्तम कार्य भएको बताए । खाँडले नवनिर्मित भवनबाट आम तिलोत्तमाबासीले फाइदा लिन सक्ने बताए । उनले पछिल्लो समय मानवीय समबेदना हराउदै गैरहेको अवस्थामा रुपन्देही विद्युतीय ब्यवसायी संघले किरियापुत्री भवन बनाएर अनुपम कार्यको शुरुवात गरेको भन्दै प्रशंशा गरे ।

नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रोशन प्रसाद देवकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न जिल्ला र क्षेत्रबाट आएका पदाधिकारी, संघका रुपन्देही र तिलोत्तमाका कार्यसमिति सदस्य लगायतको सहभागिता रहको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ०७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा