४ पुस २०८२, शुक्रबार | December 19, 2025

यूरोमनीले नबिल बैंकलाई दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ को दर्जा दियो



बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’(Nepal’s Best Bank) को दर्जा दिएको छ ।
सन् १९९२ मा स्थापनाभएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृतगर्दै आइरहेको छ ।

समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर नेबिललाई ‘नेपालको उत्कृष्ट बैंक’ को दर्जा दिंदै अवार्ड प्रदान गरेको बैंकले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नबिललाई समग्र बैकिङ कार्य सम्पादन मूल्याँकनगरि उत्कृष्ठ ठहर गर्दै यूरोमनीले पुरस्कृत गरेको नबिल बैंकले दाबी गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरु लाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकामगर्दै आएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको