१ पुस २०८२, मंगलबार | December 16, 2025

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : दोश्रो दिन प्रो भुवन र एमेच्योर सदभाव शीर्षस्थानमा



काठमाडौं । एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौं स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन। समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे। युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १-ओभर ७३ मा खेल सकाए।

भुवन कुमार रोक्का र बलभद्र राई इभन-पार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौं स्थानमा छन। भुवनले २-अन्डर ७० र बलभद्रले इभन-पार ७२ को स्कोर निकाले। आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौं स्थानमा र समग्रमा २-ओभर १ सय ४६ सहित सञ्जय लामा दशौं स्थानमा रहे। सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए। ३६ होलको समाप्तीमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन्।

जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंक बहादुर कार्की, रमेश अधिकारी, सूर्य प्रसाद शर्मा, पशुपति शर्मा, प्रदीप कुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्ण मान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन। यस्तै एमेच्योर गल्फरहरू टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापा मगर र सुरेश तामाङले पनि कट बनाएका छन्।

राष्ट्रिय टिमका सशक्त खेलाडी सदभावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगी रहित प्रदर्शन गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औं, ११औं, १४औं र १६औं होलमा चार बर्डीको सफलता प्राप्त गरे। र ५-पारको १२औं होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा पुरा गरे।

भुवनले सानदार सुरूवात गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा पाँच बर्डी प्रहार गरे। आठौं होलमा भने एक सट खेर फाले। यसपछि ११औं र १५औं होलमा एक/एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, सातौं, नवौं, १०औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे। तर चौथो, आठौं, १४औं र १७औं होलमा एक(एक सट खेर फाले।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ३५ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि