२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बाँकेका २ र बर्दियाको एक सहित १९ निर्माण कम्पनी र तीन फर्म कालोसूचीमा



काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १९ निर्माण कम्पनीसँगै २२ वटा फर्मलाई कालोसूचीमा राखेको छ। कार्यालयले ठेक्का लिएर निर्माणको काम नगर्ने वा गुणस्तरिय काम नगर्ने देखि कानुनी सेवा दिने, लुगाकपडा आपूर्ति गर्नेदेखि सूचनाप्रविधिको काम गर्नेसम्मका फर्मलाई कारबाहीको दायरामा ल्याएको छ ।

एकदेखि तीन वर्षसम्म सार्वजनिक ठेक्कामा सहभागी हुन नपाउनेगरि कालोसूचीमा पर्नेमा १९ निर्माण कम्पनी, एकरएक वटा ल फर्म, फेसन वेयर सप्लायर्स तथा प्राविधिक फर्म छन्।

विभिन्न कार्यालयहरुको सिफारिसमा कम्पनीहरुलाई सार्वजनिक खरिद कार्यालयले कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीमा बाँकेका २ र बर्दियाका १ सहित अन्य जिल्लाका कम्पनीहरु रहेका छन् । कालोसूचीमा परेकाहरुले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउदैनन्।

तीन वर्षका लागि कालोसूचीमा पर्नेमा आइएस कन्स्ट्रक्सन प्रालि दिपायल र अर्भली इन्फ्रापावर न्यु दिल्ली छन्। आइएसलाई कालोसूचीमा राख्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिफारिस गरेको हो भने अर्भलीलाई कारबाही गर्न नेपाल विद्युत प्राधिकरणले सिफारिस गरेको हो।

यस्तै कालीगण्डकी करिडोरमा दुइटा ठेक्का पाएर सम्झौताअनुसार काम नगर्ने काठमाडौंको गणपति ग्रुप अफ कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीलाई कारबाहीका लागि सडक विभागको संघीय सडक सुपरिवेक्षण कार्यालय र जोमसोम कोरला सडक योजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन्।

डेढ वर्षका लागि कालोसूचीमा पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिफारिसमा सोही जिल्लाको सरस्वती निर्माण सेवा र सडक डिभिजन नेपालगञ्जको सिफारिसमा बाँकेको धिताल बिल्डर्स छ।

त्यसैगरि १ वर्ष ३ महिनाका लागि कालोसूचीमा परेकामा एकेज कन्स्ट्रक्सन चितवन, पञ्चपुरी कन्स्ट्रक्सन सुर्खेत, श्रीदेउती बज्यै निर्माण सेवा प्रालि बर्दिया, काठमाडौंका पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र प्रनिश इन्टरनेशनल प्रालि छन्।

एक वर्षका लागि कालोसूचीमा परेकाहरुमा चितवनको बालाजी निर्माण सेवा, जुम्लाको मालिका कन्स्ट्रक्सन, लमजुङको चम्पावती रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र प्रालि, ललितपुरको न्यु प्रिसियल फेसन वेयर, क्यापिटल इन्टरप्राइजेज ललितपुर, बाँकेको प्रसाद कन्स्ट्रक्सन, बराह निर्माण सेवा सुर्खेत, काठमाडौंको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि, पशुपति कन्स्ट्रक्सन प्रालि, क्रिएटिभ बिजनेस इन्टरनेशनल, कोशी निर्माण सेवा काठमाडौ, जुडिसियल पाथ एन्ड लिगल सर्भिस प्रालि रहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ४२ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी