२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान मृत अवस्थामा फेला परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मैनाबगरदेखि पश्चिमतर्फ अवस्थित पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

बिहीबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नेपाली बिहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रनाउ पण्डितले बताए ।

बुटवल उपमहानगरपालिका वडा-११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  २ : १२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय