२८ चैत्र २०८२, शनिबार | April 11, 2026

जम्मु-काश्मिरको विशेष दर्जा खोसिएको १ वर्ष पुरा, श्रीनगरमा दुई दिने कर्फ्यु



भारत प्रशासित जम्मु–काश्मिरको श्रीनगरमा दुई दिने कर्फ्यु लागेको छ ।

भारतले जम्मू–काश्मिरको विशेष दर्जा समाप्त पारेको पहिलो वर्ष पुगेको समयमा ठूलो विरोध प्रदर्शन हुने आशंकामा श्रीनगरमा कर्फ्यु लागेको हो । ४ र ५ अगष्टका लागि कर्फ्यु लगाइएको भारतीय अधिकारीहरुले बताएका छन् ।

अगलाववादी समुहबाट ५ अगष्टलाई कालो दिवस मनाउने तयारी भएका कारण कर्फ्यु लगाउनुपरेको श्रीनगरका जिल्लाधिकारीबाट जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

गत वर्ष ५ अगष्टमा भारतीय जनता पार्टीको नरेन्द्र मोदी सरकारले जम्मु-काश्मिरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई खारेज गरेको थियो ।

यसका साथै जम्मु-काश्मीरलाई दुई केन्द्रशासित प्रदेशमा विभाजित गरिएको थियो । मोदी सरकारको सो फैसला निकै विवादित बनेको थियो । काश्मीरका मूलधारका राजनीतिक पार्टीहरुसहित देशभरका सबै विपक्षी दलहरुले सो फैसलाको निकै विरोध गरेका थिए ।

भारतको संसदमा विपक्षी राजनीतिक दल र सत्तारुढ वीजेपीका सांसद र मन्त्रीहरुबीच हंगमा भएको थियो ।

जम्मु-काश्मिरको विशेषाधिकार हनन गरेलगत्तै भारत सरकारले त्यहाँको पार्टीका सबै मुख्य नेताहरुलाई नजरबन्दमा राखेको थियो भने लामो समयसम्म कास्मिर क्षेत्रको संचार सेवालाई नियन्त्रण गरिएको थियो ।

भारतीय कदमको विभिन्न अन्तराष्ट्रिय मञ्चबाट समेत आलोचना भएको थियो । संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायोगले जम्मु कास्मिरका जनताको आधारभूत मानवअधिकार हनन भएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

पाकिस्तानका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामै पुगेर जम्मु कास्मिरमा भारतले अपराध गरेको बताएका थिए ।

एमेनेष्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच लगायतका अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले पनि जम्मु कास्मिरका जनताको सबैखाले अधिकार हनन गरिएको भन्दै आलोचना गरेका थिए ।

तर, भारत सरकारले भने जम्मु-काश्मिर भारतको आन्तरिक मामिला भएको भन्दै सबै आलोचनालाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ०५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र