२० बैशाख २०८३, आइतबार | May 3, 2026

रुपन्देहीको पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालतर्फ



भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन गर्न भन्दै सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्केको छ । रुपन्देहीका पर्यटकीय स्थलको प्रचार सहित सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्केको हो ।

बुधबार संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । ‘हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने हो । साथै पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव साटासाट गर्ने हो,’ संघका अध्यक्ष श्रेष्ठले भने । उनले सहकर्मी संघहरुसँग छलफल गर्ने, व्यवसायिक अनुभवहरु एकअर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन पहल गर्ने जनाए । यस्तै पूर्वी नेपालका उद्योगी-व्यवसायीलाई भैरहवा र यश आसपासमा लगानी गर्न समेत आह्वान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले पहिला मुलुककै पर्यटकीय स्थललाई संघले अध्ययन तथा अवलोकन भ्रमणमा प्राथमिकता दिँदै आएको जनाए । उनका अनुसार पूर्वी नेपाल भ्रमणका क्रममा सहकर्मी उद्योग बाणिज्य संघहरुमा आबद्ध पदाधिकारी, सदस्य तथा साधरण सदसहरुलाई भैरहवा, लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न अनुरोध गरिने छ ।

‘हामीले अवलोकन गर्ने संघहरुसँगै ती संघहरु मार्फत सम्बन्धित जिल्लाबासीलाई पनि लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छौं,’ बरिस्ठ उपाध्यक्ष आचार्यले भने, ‘संघको पूर्वी नेपाल यात्राले रुपन्देहीमा अधिक रुपमा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास छ ।’ संघले पूर्वी नेपाल भ्रमणका क्रममा ती क्षेत्रका आधादर्जन उद्योग बाणिज्य संघहरुसँग छलफल गर्ने छ भने लुम्बिनी भ्रमणका लागि अनुरोध गर्ने छ । यसक्रममा कयौं पर्यटकीय स्थलको समेत अवलोकन गरिने आचार्यले जानकारी दिए ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन उद्योग बाणिज्य संघ, रत्ननगर उद्योग बाणिज्य संघ, मकवानपुर उद्योग बाणिज्य संघ, बिरगंज उद्योग बाणिज्य संघ, जनकपुर उद्योग बाणिज्य संघ, मोरङ उद्योग संघ, धरान उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन गरि व्यवसायिक अनुभव आदानप्रदान गरिनेछ ।

संघको टोलीले भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकोटी, मत्स्य हब छपिया, शंकरनगर वनबाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्यमा भ्रमण गर्न आग्रह गर्ने छ । आन्तरिक पर्यटन प्रबर्द्धन तथा अध्ययन अवलोकन भ्रमणमा संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका पदाधिकारी तथा सदस्यहरु लगायत सहभागी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ०८ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज