२ पुस २०८२, बुधबार | December 17, 2025

न्युयोर्कमा भूकम्प : राष्ट्र संघीय सुरक्षा परिषदको बैठक रोकियो



न्युयोर्क । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।

अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ-आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रबार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रविन्दु छिमेकी राज्य न्युजर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए ।

भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो । त्यसबेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोध्नुभयो,  ‘के यो भूकम्प हो ?’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ४४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन