३ पुस २०८२, बिहिबार | December 18, 2025

जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैनः स्वास्थ्यमन्त्री यादव



चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् ।
भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् । उनले भने,  “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”
स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए ।
भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आउनुभएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ०४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका