२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि, अन्तिम चरणमा पुगे १ सय ४२ जना



बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ.एम. रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन् ।

कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सकिंदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सि.एम.पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गरेका छन् ।

प्रतियोगिताका प्रमुख निर्णायक निरन्जन प्रजापतिका अनुसार भारतका रुपेशले सुदिर कुमार सिन्हासँग बराबरी खेल्दै शिर्ष ६.५ अंक जोड्न सफल भएका छन् । रुपेशले १९६९ रेटिङ्गवाट खेल प्रारम्भ गरि सात चरणको खेलमा ३० रेटिङ्ग वृद्धि गर्न सफल बनेका छन् । यति बेलासम्म उनको रेटिङ्ग पर्फोमेन्स २१३८ रहेको छ । प्रजापतिका अनुसार आज २७ गते बिहान ८ बजेदेखि अन्तिम चरणको फाईनल राउन्ड हुने छ ।

नेपालका सि.एम.सजिन महर्जन हालसम्म पाँच खेलमा जीत दर्ता र दुई खेल बराबरी खेल्दै ६ अंक बोकि दोश्रो स्थान ओगट्न सफल रहेका छन् । महर्जनले अमेरिकन खेलाडी वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपाली भवेष डंगोरिया र गोविन्द खड्का माथि विजय प्राप्त गरेका थिए भने उदियमान खेलाडी सुदिप तामाङ र भारतका दिव्यांशु संग बराबरी खेलेका थिए । महर्जनले १९६८ रेटिङ्गवाट प्रतिस्पर्धा गरि ९.६ रेटिङ्ग वृद्धि गरेका छन् । उनको रेटिङ्ग पर्फोमेन्स १९३० रहेको छ ।

विदेशी खेलाडी सुधिर कुमार सिन्हा र रिशव निसादले पनि ६/६ अंक बनाउदै सजिन संगै संयुक्त दोश्रो स्थानमा उभिएका छन् । भारतका सुधिर कुमार सिन्हाले पाँच जित दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसाद एक खेलमा पराजित भइ ६ खेलमा जित निकालेका छन् । सुधिरको रेटिङ्ग पर्फोमेन्स २०४८ रहेको छ भने रिशवको रेटिङ्ग पर्फोमेन्स २००२ रहेको छ ।

प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमाल उद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय छ जना खेलाडीहरु संगै संयुक्त तेश्रो स्थानमा उभिएका छन् । जमालसंगै ५.५ अंक जोड्ने खेलाडीहरुमा भारतका विपुल सुभासि, नेपालका सि.एम कृष्ण थापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन् ।
भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात गर्दै ५ अंक बनाएर महिला मध्ये अगाडि रहन सफल भइरहेका छन्। उनले १९०३ रेटिङ्गवाट खेल शुरु गरि २.४ रेटिङ्ग वृद्धि गरेकि हुन् । उनको रेटिङ्ग पर्फोमेन्स भने १८३० मा झर्न पुगेको छ । उनी संगै अन्य बीस जना खेलाडीहरुले ५/५ अंक बनाउदै खेललाई निरन्तर दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले कूल १० लाख १ हजार पुरस्कार राशीका लागि १ सय ४२ जना खेलाडीहरु अन्तिम प्रतिस्पर्धामा रहेको जानकारी गराएका छन् । प्रधानका अनुसार ५१ जना खेलाडीले विभिन्न विधामा पुरस्कार पाउने छन् भने प्रतियोगिताको अन्तिम खेल आज सकिने र मेयर खेलराज पाण्डेले पुरस्कार वितरण गर्नेछन ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल