४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमणबाट पर्सामा १८ वर्षीया युवतीको मृत्यु



काठमाडौं । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट मदन उपाध्यायका अनुसार सोमबार राति मृत्यु भएकी युवतीमा मंगलबार अबेर राति पीसीआर गर्दा नतिजा पोजिटिभ आएको हो ।

सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । त्यसमध्ये १३ जना पर्साका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको