२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

लागुऔषधसहित दुई महिला पक्राउ



काठमाडौं । सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।

यसैगरी परियारको साथबाट प्रहरीले रु छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए । उनले भने, “पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।”
रासस

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : १० बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा