३ पुस २०८२, बिहिबार | December 18, 2025

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात



काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले समुह ए मा २ अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ०४ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक