१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित



काठमाडौं। नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ८ : १३ बजे

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक