३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अपराध न्युनिकरणमा बाँके प्रहरी : जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत



नेपालगन्ज । बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण सुनाएको हो ।

अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी दिए । त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको डिएसपी डाँगीले बताए ।

उनका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फर्च्यौत भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ । जिल्लामा चैत्र मसान्त सम्ममा १०८६ मुद्दा दर्ता भएकोमा सानेही अवधिमा अनुसन्धानका लागि ५०८१ जनालाई पक्राउ गरिएको डीएसपी डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

अन्तरक्रियामा बोल्दै प्रहरी प्रमुख कार्कीले आफ्नो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रहरीसँग भएका सबै सूचना उपलब्ध गराउने र अनुसन्धानमा प्रभाव पार्ने सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह गरे । अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।

अन्तरक्रियामा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए । अन्तरक्रियामा वरिष्ठ पत्रकार निरज गौतम, लियाकत अलि, रुद्र सुबेदी, कृष्ण अधिकारी लगायतले प्रहरीबाट हुनुपर्ने व्यवहार र सूचनाका बारेमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : २७ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क