३१ असार २०८३, बुधबार | July 16, 2026

कपनस्थित केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार



काठमाडौं । काठमाडौंको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ ।

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो । अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिइन् ।

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो ।
विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो । रासस

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : १९ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही