३१ असार २०८३, बुधबार | July 16, 2026

फेरि आजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फेरि सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गरिने भएको हो ।

सरकार यसअघि २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । जोरबिजोर प्रणाली हटाइसँगै भीडभाड बढ्ने क्रम सुरु भएको थियो ।

त्यस्तै, बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाकामा आवागमन निषेध गरेको व्यवस्थालाई थप कडाइ गर्न गृह मन्त्रालयले सुरक्षाकर्मीलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसैगरी होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : २८ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक