८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपाल र साउदी अरेबियाबीचको खेल ८-८ ओभरको हुने



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ ।

यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुने भएको छ । गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ०५ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु

तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार