१० बैशाख २०८३, बिहिबार | April 23, 2026

नेपाल र साउदी अरेबियाबीचको खेल ८-८ ओभरको हुने



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ ।

यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुने भएको छ । गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ०५ बजे

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक