२१ माघ २०८२, बुधबार | February 4, 2026

कोरोनाले दुब्लायो दुबई, विदेशी लगानीमा ७४ प्रतिशतले गिरावट



कोरोना भाइरसले दुबईलाई आर्थिक रुपमा दुब्लो बनाइदिएको छ ।

यो वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी अर्थात एफडीआईमा गत वर्षको यसै अवधीको तुलनामा ७४ प्रतिशतले गिरावट आएको छ ।

दुबईलाई पश्चिम एशियाको वित्तीय एवं व्यापारिक केन्द्र मानिन्छ ।

दुबई सरकारले सन् २०२०को पहिलो ६ महिना (३० जुन)सम्म १२ अर्ब दिरामको लगानी आएको थियो ।

सरकारले गतवर्षको तुलनात्मक तथ्यांक त भनेको छैन तर अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत वर्षको पहिलो ६ महिनामा दुबईमा ४६ अर्ब दिरामको लगानी भित्रिएको थियो ।

दुबई इन्भेष्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई)का प्रमुख कार्यकारी फहद अल–जरगावीले भनेका छन्, कोरोना भाइरसको महामारीका कारण पुरै सप्लाई चेन पुरै प्रभावित भएको छ ।’

उनका अनुसार सबै व्यापारिक गतिविधिमा प्रतिबन्ध लागेको छ । आम मानिसको हिँडडुल बन्द छ ।

फहद भन्छन्, ‘कोभिड १९ को चुनौती अझै पनि सकिएको छैन । तर हामी भविष्यमा राम्रो होला भन्ने आशावादी छौं ।’

कोरोना भाइरसको संक्रमण रोक्नका लागि दुबईमा पनि लकडाउन लगाइएको थियो । यसको असर अहिलेसम्म पनि सकिएको छैन।

संयुक्त अरब इमिरेट्समा अहिलेसम्म ६१ हजार ३५२ जना मानिस संक्रमित भएका छन् । ३५१ जनाको मृत्यु भएको छ ।

तर, यूएईले देशको कुन इमिरेट्स या क्षेत्रका यति धेरै मानिस संक्रमित भएका छन् या मृत्यु भएको छ भन्ने बारेमा भने केही बताएको छैन ।

यूएईं नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य हो । कोरोना भाइरसका कारण दुबईको अर्थव्यवस्था प्रभावित हुँदा त्यहाँ रहेका धेरै नेपाली युवालाई समस्या पर्ने देखिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ०७ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु