४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

त्रिभुवन युनाइटेनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा सम्मान



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलतासँगै बिदाई गरिएको छ । विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार बृहत कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको शैक्षिक विकासमा त्रिभुवन युनाइटेड एकेडेमीको पनि ठूलो योगदान भएको चर्चा गरिन । उनले बुटवल शिक्षाको हव बन्नेको भन्दै आगामी दिनमा यहाँको शिक्षाको ठूलो भविश्य रहेको बताइन । उपप्रमुख अर्यालले विद्यार्थीहरुलाई अध्ययन पूरा गरी देशकै केही गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरुलाई आपसी मित्रवत व्यवहार र हौसला दिन विद्यालयले हरेक वर्ष बिदाई समारोह आयोजना गर्दै आएको बताए । सहप्राचार्य बस्यालले यस्तो कार्यक्रममा विद्यार्थीमा ओरेन्टेसनको रुपमा उपयोग हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै विद्यालयका शिक्षक डिबी खत्रीले विद्यार्थीलाई आउदै गरेको परीक्षालाई राम्रोसँग उपयोग गरी उच्च अंक ल्याउने आशा लिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका नासु शिव पराजुली, विद्यालयका सञ्चालक घनश्यास भुसाल, विद्यालयका प्लस टु प्रमुख गुरुदत्त गुरुदत्त पौडेल लगायतले बोालेका थिए । विद्यालयले छोटो समयमा शैक्षिक सफलता हासिल गर्दै गइरहेको छ । विद्यालयको कक्षा १२ मा २८६ जना विद्यार्थी अध्ययनरत छन । भने, कक्षा ११ मा २४० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर र फाइनान्सको पढाई हुन्छ । कक्षा ११ का विद्यार्थी प्रवेश गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय अस्मी थापा, र अभिषेश गौतमले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरी कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ४३ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग