६ श्रावण २०८३, बुधबार | July 22, 2026

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर



बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको समृद्धी सलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा मुख्य कार्यालय सञ्चालनमा रहेको समृद्धी ले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको हो ।

समृद्धीले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि-ड्र’बाट स्कुटर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक मोहन ठाकुरले जानकारी दिए ।

हरेक पटक सेवा लिन आउने ग्राहकलाई प्रदान गरिने कुपनबाट लक्कि ड्र गर्दा भाग्यशाली एक जनालाई स्कुटरसहित आकर्षक गिफ्ह्याम्पर र एक वर्ष निःशुल्क सेवा प्रदान गरिने तथा अन्य विजेताहरुलाई निःशुल्क सेवासहित आकर्षक उपहार प्रदान गरिने ठाकुरले बताए ।

काठमाडौं, पोखरा र मणिग्राममा शाखा सञ्चालनमा रहेको समृद्धीले बर्दघाट र चार नम्बर कपिलवस्तुमा फ्रेन्चाइज सेवा प्रदान गर्ने गरेको छ । यी सबै शाखाहरुमा सेवा लिन आउने ग्राहकले प्रत्येक पटक कुपन प्राप्त गर्ने छन् । उक्त कुपन शंकलन गरी विशेष कार्यक्रम सहित लक्कि-ड्रसहित सार्वजनिक गरिने बताइएको छ ।

हेयर डिजाइन तथा सौन्दर्य कलाका लागि युवा समुदायमा लोकप्रिय बन्दै गएको समृद्धीले सेवा विस्तार गर्दै भैरहवा र चितवनमा समेत शाखा बिस्तार गर्ने योजना बनाएको छ । हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ ।

त्यस बाहेक समृद्धीबाल सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे । समृद्धीले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको छ । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ५५ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना