२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान



नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ । निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ ।

महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू पनि पहिलो चरणमा समावेश गरिएका छन् भने पहिलो चरणमा जम्मु कश्मीरको उधमपुर लोकसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। निर्वाचन अधिकृतका अनुसार यहाँ ६ सय ५४ मतदान केन्द्र रहेका छन् ।

मौसमलाई ध्यानमा राखी देशैभरीका मतदानमा भाग लिने राजनीतिक  दल र मतदाताका लागि आवश्यक व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।

यी बाहेक पहिलो चरणमा निर्वाचन हुने महत्वपूर्ण सिटहरूमा नागपुर, कन्याकुमारी, चेन्नई सेन्ट्रल, मुजफ्फरनगर, सहारनपुर, कैराना, पिलीभीत, डिब्रुगढ, जोरहाट, जयपुर, छिन्दवाड़ा, जमुई, बस्तर, नैनीताल र लक्षद्वीप आदि पर्छन्।

धर्मको सहर भनिने हरिद्वार सिटमा पनि पहिलो चरणमा लोकसभा चुनाव हुन लागेको छ भने पहिलो चरणमा असममा पाँच सिटमा चुनाव हुँदैछ, जसका लागि यहाँ १०,००० मतदान केन्द्रहरू बनाइएको छ। जसमध्ये २ सय १९ मतदान केन्द्र गम्भीर मानिएका छन् । करिब ५ हजार ५ सय मतदान केन्द्रमा वेब कास्टिङको व्यवस्था गरिएको छ भने ११ हजार क्यामेरा जडान गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : २० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती