२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चामलको बोराभित्र लागुऔषध फेला, दुई जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका-११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरु नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौंमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दिपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ५५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले