४ पुस २०८२, शुक्रबार | December 19, 2025

कृषि मन्त्रालयका सहसचिव बर्खास्त



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।

शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामति सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको