३ पुस २०८२, बिहिबार | December 18, 2025

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ



काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका-३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोर रहेका छन् ।

अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूबाट  सुन जस्तो देखिने पहेलो धातु १७६८.२९ ग्राम  र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद गरेको प्रशरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका