६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’



बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक रिर्सोटमा ‘बिटुबि कन्टेक्ट २०२४’ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा सदस्यहरुको सहभागीता रहने मञ्चले जनाएको छ । चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता हुने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । कार्यक्रमको तयारी सबै पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठको अनुसार कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्ने छन् भने कार्यक्रमको मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहेकी छिन् । उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा बिटुबि सत्र हुने जनाइएको छ ।

युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला युवा उद्यमशिलता विकासको लागि समेत उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो । यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला , युवा उद्ध्यमी सम्मेलन, युवा उदयामशील बुट क्याम्प, नेपाल उत्पादीत बस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ । मञ्चले अन्तर उत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ५१ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए