११ असार २०८३, बिहिबार | June 25, 2026

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान



काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन् ।

‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो खेलाडी हुन् भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उनी पहिलो अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् ।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उनले आफ्नो उपाधि रक्षा गर्न सफल भएका हुन् । जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आएका छन् ।

प्रतियोगिताको मुख्य आकर्षण रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच)मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् १० मिनेट ४० सेकण्डमा प्रतिस्पर्धी बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसिप’मा टाइटल बेल्टको उपाधि रक्षा गरेका हुन् ।

अहिलेसम्म व्यवसायिक किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेट’को रेकर्डसमेत कायम राख्न सफल भएका छन् ।

उनले विश्वप्रसिद्ध के वान व्यवसायिक किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल भएका थिए । हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायतका विश्वप्रसिद्ध किक बक्सरलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

जापानको नागोयामा सहरमा अबिरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आएका छन् ।

कराते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : २७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा