२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स



बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । करिब २ करोडको लगानीमा मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।

मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको संयुक्त लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ । स्वीट्सका सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए । अर्का सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफूहरुले सेवा दिने बताए ।

साथै उनले स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनको अवसरमा एक महिनासम्म १० प्रतिशत छुट दिने बताएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ५९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति