८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी –८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए ।

उनका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एकएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले उल्लेख गरे । घटनाको सबै विस्तृत विवरण आएको नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । आगलागीका कारण करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यसबाहेक राप्तीसोनारी वडा नं २ का जङ्गलमा पनि डढेलो लागेको छ । दिउँसोमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शम्शेरगञ्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ०२ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस