३ पुस २०८२, बिहिबार | December 19, 2025

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत



बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यन्न सहयोग गरेका हुन् ।

बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् ।

जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा पसेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । आगलागीपछि बिचल्लीमा परेको दुई परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा गरी करिब दुई लाख बराबरको राहत प्रदान गरिएको छ ।

यदुनाथको घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि वस्तु नभएका कारण प्रारम्भिक चरणमा बागलुङ नगरपालिकाले लत्ता कपडा, र खाद्य सामग्री सहयोग गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो ।

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख श्रेष्ठले पीडित परिवारलाई नगद राहत नगरस्तरीय विपत व्यवस्थापन समितिबाट छिट्टै प्रदान गर्ने बताए ।

आगलागीबाट घाइते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी बाख्राको व्यवस्थापनका गरिएको छ ।

आगलागीबाट पीडित यदुनाथ र ददिरामले व्यावसायीक रुपमा नै गाई तथा भैसीपालन गरेका थिए । उनीहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीपीडित परिवारलाई नेकपा (एमाले) बागलुङ अमलाचौरको तर्फबाट नगद रु ७५ हजारसहित २० हजारको खाद्यान्न सहयोग गरिएको सो पार्टीका अमलाचौरका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

यस्तै यदुनाथको परिवारलाई नेकपा (माओवादी केन्द्र) अमलाचौरले २४ हजार दुई सय, अमलाचौरबासीले २० हजार चार सय, र अमलाचौर भजन समुहले नगद पाँच हजार सहयोग गरेको छन् ।

यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले खाद्यन्न र लत्ता कपडा सहयोग गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

आगलागीबाट यदुनाथको गोठमा रहेका दुई वटा भैसी, तीन गाई र पाँच वटा बाख्रा जलेर मरेका थिए । यस्तै ददिरामको दुई गोठ जलेका छन् भने गोठमा रहेका एउटा गाई र एउटा बाख्रा जलेर मरेका छन् । साथै दुई गाई र दुई भैसी घाइते भएका छन् । दिउँसो लागेको आगो बुधबार राति ११ बजे स्थानीय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो ।रासस

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : २२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको