२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु



नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरकारुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार खजुरा र डुडुवा गाउँपालिकाका २÷२ जना र राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १÷१ जना सुत्केरीको यसै आवमा मृत्यु भएको छ ।

सुबिधा सम्पन्न अस्पताल र स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको स्वास्थ्य कार्यालयको दाबी छ ।

नेपालगन्जमा आयोजित एक अन्तरक्रियामा स्वास्थ्य कार्यालय, बाँकेकी फोकलपर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्म सुत्केरी अवस्था मान्ने गरिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको भनाई छ ।

जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको उनले बताइन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ५० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल