४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो



काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो ।

यससँगै ५ खेलको सिरिज नेपालले ३-२ ले गुमाएको छ । बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ को उपाधि जित्ने पक्का भएको थियो ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १७६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे । आसिफले भने ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे । दीपन्द्रे सिंह ऐरी ५ रनमा आउट भए । कुशल भूर्तेल भने १३ रनमा आउट भए । कुशल मल्ल ३७ रनमा अविजित रहे ।

वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोइले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि एलिक एथेनाजे ४२ रनमा अविजित रहँदा कप्तान रोस्टन चेसले ३३ रन जोडे ।

नेपालका लागि सागर ढकाल तथा सोमपाल कामीले ३-३ तथा अविनाश बोहराले १ विकेट लिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको