६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने



काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ ।

सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।

सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ ।

यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो । जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ ।

आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ११ : ०५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस