१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोशीमा हिम्मत कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्दै, केदार कार्की सर्वोच्च जाँदै



काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै त्यहाँको राजनीति थप पेचिलो बन्दै गएको छ ।

गएराति प्रदेशप्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । त्यसलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा हिम्मत कार्कीले नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन् ।

सरकार गठनका लागि दुई दिनको समय दिए पनि एमाले माओवादी नेताहरुले आजै प्रदेशप्रमुख समक्ष हिम्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन् । उनीहरुले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत समेत आजै गराउने भएका छन् । कार्की यसअघि दुई पटक मुख्यमन्त्री भैसकेका छन् ।

अर्कोतिर, आफु नै मुख्यमन्त्रीमा रहेको दाबी गर्दै केदार कार्कीले प्रदेश प्रमुखको सरकार गठन आह्वान विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने भएका छन् । कार्की सोही प्रयोजनका लागि बिहीबार बिहानै विराटनगरबाट काठमाडौं आइपुगेका छन् । आफु मुख्यमन्त्रीमा रहेकै बेलामा यसरी सरकार गठनको आह्वान गर्नु संविधान विपरित भएको कार्कीले तर्क गरेका छन् ।

सत्ता राजनीतिको चेपुवामा परेको कोशी प्रदेशमा डेढवर्षको बीचमा ५ वटा सरकार परिवर्तन भैसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : २६ बजे

जलजला हिमाल र बादलको लुकामारी

म्याग्दी । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार