१४ भदौ २०८३, आइतबार | August 31, 2026

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ



बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक कार्य गरेको अभियोगमा एकजना फार्मेसी संचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । कालिकापथमा संचालनमा रहेको बैदवार फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने गरेको र नेपालमा प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको अभियोगमा फार्मेसी संचालक कमलबहादुर बिकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

चिकित्सको सिफारिस बिना बिक्रि गर्न प्रतिबनध लगाइएको पेट दुख्दा खाने औषधि डाईसाकोमिन र प्रिगावलेन नामका दुई औषधि मिलाएर लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको भन्ने सूचनाका आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेर पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजय राज पण्डितले बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको उजुरीका आधारमा पक्राउ गरिएको डीएसपी पण्डितले बताए । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि बरामद समेत गरेको छ ।

पक्राउ परेका बिकलाई औषधी व्यवस्था कार्यालय पठाउन तयारी भएको पनि उनले बताए । प्रहरीले बिक सहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ०५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति