२० मंसिर २०८२, शनिबार | December 6, 2025

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई



काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।

विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको लगाए । उनले यादवलाई वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाउँदै आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।

राईले यादवले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै उनीबाट पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको स्पष्ट पारे ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा असहज अवस्था आएको उनले बताए ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : २१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति