२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेबाट मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाईकल सहित पक्राउ



नेपालगन्ज । प्रहरीले बाँकेका बिभिन्न स्थानबाट मोटरसाईल चोरी गर्नेहरु मध्य ४ वटा मोटरसाईल चोरी गर्ने ५ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको छ । फरक फरक मितिमा चोरी भएका ४ थान मोटरसाईल चोरी गर्ने ५ जनालाई प्रहरीले बाँके र बर्दियाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

गत बैशाख २४ गते नेपालगन्ज -१८ विशालनगरबाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्न लागेको अवस्थामा जिल्ला बर्दिया बहैयाताल २ बरने निर्मल सुनारलाई रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि गत बैशाख २७ गते नेपालगन्ज-१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल सोही दिन नेपालगन्ज उप-महानगरपालिका-१० बाट जिल्ला बर्दिया गुलरिया-६ बस्ने मनोज रावतले प्रयोग गरेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार गत २८ गते बिहान ४ बजे जानकी ४ बाट भे ९ प ३४४७ नम्बरको मोटरसाईकल चोरी गरी लु ३४ प ७७७ नम्बरको मोटरसाईकलले तानेर लैजादै गरेको अवस्थामा जिल्ला खजुरा-७ बरने दुइन्क लस्दर श्रीवास्तव र लक्ष्मण हरिजनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी चढाईएको डीएसपी डाँगीले बताए ।

चोरी भएको मोटरसाईल तान्न प्रयोग भएको लु ३७ प ७७७ नम्बरको मोटरसाईकलको सवारी धनि हाल सम्म नखुलेको र जो कसैको भए आवश्यक कागज पत्र सहित प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले सूचित गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ०५ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा