२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक आपसमा ठोकिदा २ जना घाइते भएका छन । गएराती करिव सवा ८ बजे बुटवलबाट भैरहवातर्फ आउदै गरेको लु ७० प ६७७ तथा सोही दिशा तर्फ जादै गरेको लु ५१ प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकखण्डको मुल सडकमा ठोक्किएका थिए ।

दुर्घटनामा परि लु ५१ प ४४४२ नम्बरको स्कुटरमा सवार तिलोत्तमा १ ड्राइभरटोल निवासी ६० वर्षीय पुष्परत्न मल्ल गंभीर घाइते भएका छन । उनको टाउँको, अनुहार र छातीमा गंभीर चोट लागेकाले क्रिमसन अस्पतालमा ल्याई भेन्टिलेटरमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरि लु ७० प ६७७ का चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ५ बस्ने अन्दाजी ३५ वर्षीय विकल्प भट्टराईको दुवै खुट्टामा चोट लागी उपचारका लागी अस्पताल आएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १२ : ०४ बजे

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ