२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना कहर : ४४ हजार ७९९ नेपाली कामदार स्वदेश फर्किए



काठमाडौं । वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन् ।

कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार शुक्रबारसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्किका छन् । सेन्टरका मलेसिया, खाडीलगायत ३० देशबाट अलपत्र परेका कामदारलाई सकारले फर्काएको हो ।

सरकारले गत जेठ अन्तिम सातादेखि कोरोना भाइरस (कोभिड १९) बाट विदेशमा अलपत्र परेका कामदारलाई स्वदेश फर्कारहेको छ । सरकारले चार्टर्ड उडानबाट कामदारकै पैसामा विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काएको हो । फर्केका ७५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारीमा रहेका कामदार रहेका छन् ।

सेन्टरका अनुसार युएईबाट १२ हजार २५, साउदी अरबबाट ६ हजार पाँच सय ८२, कुवेतबाट ६ हजार तीन सय २९ जना र मलेसियाबाट ६ हजार चार सय ६४ जना स्वदेश फर्किएका छन् ।

कतारबाट ५ हजार दुई सय ४१, जापानबाट एक हजार २३, बहराइनबाट नौ सय ८०, माल्दिभ्सबाट सात सय नौ, बंगलादेशबाट आठ सय ४१, अष्ट्रेलियाबाट सात सय ९५, ओमानबाट चार सय ९२ स्वदेश फर्किएका छन् ।

अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चाइनाबाट दुई सय आठ, टर्कीबाट एक सय १०, फिलिपिन्सबाट दुई सय एक, थाईल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, सिंगापुरबाट दुई सय ९२, दक्षिण सुडानबाट दुई सय ५० जना स्वदेश फर्किएका हुन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका