४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको रोहिणीमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा कार दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा तर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकबाट करिब १० मिटर तल खस्दा कारमा सवार ४ जना घाईते भएका थिए । घाइते उनिहरुलाइ उपचारको लागि भैरहवाको भिम अस्पतालमा लगिएको थियो । ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ।

घाईते रुपन्देही सिद्धार्थ नगरपालिका वडा नम्बर ४ का ३० बर्षिय अनिल यादव रहेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको