२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी



नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँकेले जनाएको छ । आज नेपालगन्ज स्थित पार्टी कायर्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पुरा भएको जानकारी गराइएको हो ।

भोलि (शुक्रकार) एमाले महासचिव शंकर पोखरेलले उदघाटन गर्ने जिल्ला अधिवेशन २ दिन चल्ने एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । अधिवेशनको उदघाटन सत्र एमाले पार्टी केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले संचालन गरेको मेरो प्लानेट भवानीयापुरमा हुने जनाउँदै उनले बन्दसत्रमा भने पार्टी अध्यक्ष केपी ओलीको उपस्थिती रहने जानकारी दिए । बन्दसत्रमा ८ औं अधिवेशन देखि हालसम्म २४ महिनामा पुरा गरेको कामहरुको समिक्षा ,आगामी ३ बर्षे कामको कार्ययोजना समेत तय गरिने अध्यक्ष कक्षपतिले बताए ।

अधिवेशनमा नेपालगन्ज उपमहानगरबाट ८३ जना, कोहलपुर नगरपालिकाबाट ८९ जना, खजुरा गाउँपालिकाबाट ६१ जना, जानकीबाट १६ जना, बैजनाथबाट ७५ जना, राप्ती सोनारीबाट ३६ जना, डुडुवाबाट १६ जना, नरैनापुरबाट ११ जना र जनसंगठनबाट ८१ गरि जम्मा ४६८ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागिता हुनेछन् ।

प्रत्यक १५ पार्टी सदस्यबाट १ जना प्रतिनिधित्व रहनेगरि प्रतिनिधि निर्वाचित गरिएको एमाले बाँके प्रचार बिभाग प्रमुख सचिस निरौलाले बताए । वडालाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको जनाउँदै उनले महिला र दलितको हकमा १० जना बराबर एमजना प्रतिनिधि चयन भएको जानकारी दिए ।

बाँकेमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जना आकाँक्षी देखिएका छन् । आकाँक्षीहरुमा वर्तमान अध्यक्ष कक्षपती सहित प्रदेश कमिटी सदस्य घननाथ खनाल, उपाध्यक्ष निरक गुरुङ र डिल्ली बिसी रहेका छन् ।

चारजना नै निर्वाचनमा भिडे वर्तमान अध्यक्ष कक्षपतीको निर्वाचित हुने सम्भावना रहेपनि कक्षपती बाहेकका तीन जना मध्य एक जना उम्मेदवार बनेको अवस्थामा फरक नतिजा आउन सक्ने एमाले निकट कार्यकर्ताहरुले आँकलन गरेका छन् । अन्य जिल्लाहरुमा केन्द्रीय नेताहरुले लबिङ गर्दा लबिङको बिरुद्ध नतिजा आएपछि बाँकेमा केन्द्रका नेताहरु तटस्थ बस्ने सम्बभावना रहेको पार्टी निकट नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : २६ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा