१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’



बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई विशेष महत्व दिदै ‘जीवन परिवर्तन योजना’ ल्याएको छ ।

मादक पदार्थ सेवन नगर्ने प्रतिवद्धतासंगै लुगा खरिद गर्नेलाई सेवाग्राहीका लागि विशेष छुट दिने योजना अनुसार लुगाघरले ‘जीवन परिवर्तन योजना’ ल्याएको हो । योजना अनुसार मादक पदार्थ सेवन गर्दिन भन्ने प्रतिवद्धता जनाउने ग्राहकका लागि २० प्रतिशत छुट दिईने ‘जीवन परिवर्तन योजना’ ल्याएको हो ।

लुगाघरले बिहीबार पत्रकार सम्मेलन गरेर मादक पदार्थकै कारण हुने गरेको भयाभव दुर्घटना र यसका कारण हुने मानवीय र भौतिक क्षतिलाई रोक्ने गरि ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको लुगाघरका संचालक प्रकाश भुसालले जानकारी दिए ।

उनी भन्छन–‘यो अभियानले सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षतिलाई कम गर्न सहयोग पुर्याउने हामीले आशा गरेका छौ ।’ मादक पदार्थ सेवन नगर्ने प्रतिवद्घतासंगै लुगा खरिदमा २० प्रतिशत छुट हुने योजना ल्याएको भुसालले जानकारी दिए । एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना दिने यो अभियान थालेको उनले दाबी गरे ।

‘मापसेका कारण पारिवारिक बिछोड, झैझगडा, विवाद, स्वास्थ्य समस्या, आर्थिक समस्या जस्ता धेरै समस्या आउने गरेका छन्, तिनलाई कम गर्न हामीले ल्याएको योजनाले केही सहयोग पुर्याउने विश्वास छ ।’–उनले भने । अन्तराष्ट्रिय ब्राण्ड बनाएको कपडाहरुको शोरुपमार्फत जेठ ५ गतेबाट महिनाभरि २० प्रतिशतसम्म छुट दिन लागेको उनले जानकारी दिए । यो अभियान हरेक क्षेत्रबाट अगाडि बढाउन जरुरी रहेको उनले बताए ।

लुगाघरमा अहिले देशका आधा दर्जनबढि कम्पनीका लुगाहरु राखिएको उल्लेख गर्दै भुसालले एकपटक कपडा किनेपछि पुनः आउने ग्राहकहरु धेरै रहेको उनको भनाई छ । कार्यक्रममा डेल्टा मार्टका संचालक चोला पाठक, बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले लुगाघरले युवा वर्गकालागि ल्याएको ‘जीवन परिवर्तन योजना’ सबैको साथ मिलेमा सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ५९ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर