१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक



काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको बिग्रेको सम्बन्धलाई देखाइएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द छ भने संगीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ ।

रिकेश गुरुङ संगीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ । यसमा अभिनेता कबीर खड्काको पनि अभिनय रहेको छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । भेद परवको छायांकन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन् । लेखक भने प्रदीप भारद्वाज हुन् ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १० : ४१ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको